Madhes Khabar
राष्ट्रिय हेडलाइन

ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब

वीरगन्ज ,१४असाेज: खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्नुकाे सट्टा उल्टै सरकारले दैनिक उपभाेग्य वस्तु ग्यास, पेट्रोल र डिजेलमा अस्वभाविक मुल्यवृद्धि गरेर आम जनताकाे ढाड सेक्ने काम गरेकाे भन्दै चर्काे आलोचना गरेका छन् ।

विपक्षी र सत्तारुढ दलकै भातृ संगठनका नेताहरुले पनि सरकारकाे विराेध गरेका छन् । समाजिक सञ्जालमा उनिहरुले सरकार विराेधी स्टाटस लेखेर इन्धनमा गरिएको मुल्य वृद्धि फिर्ता नगरिए सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिइरहेका छन् ।

शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यासकाे मुल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

Related posts

मधेस प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैं

MadhesKhabar

नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

MadhesKhabar

वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

MadhesKhabar

Leave a Comment