बारा,३असाेज:पूर्व–पशिचम राजमार्ग अन्तर्गत बाराकाे अमलेखगञ्जमा टाटा सुमाे दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।निजगढबाट काठमाडौँतर्फ जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमो ब्रेक फेल भई दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा सुमाेमा सवार ८ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना सिन्धुली दुधौली बस्ने ७ बर्षका बालक किसान पोखरेलको अवस्था गम्भीर रहेको छ। उनको बाराकाे परवानीपुरस्थित एल एस न्युरोमा उपचार भइरहेको र अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
सुमो र त्यसका चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको न्यौपानेले बताए ।