Madhes Khabar
स्थानिय

अमलेखगञ्जमा टाटासुमाे दुर्घटना हुदाँ ८ जना घाइते

बारा,३असाेज:पूर्व–पशिचम राजमार्ग अन्तर्गत बाराकाे अमलेखगञ्जमा टाटा सुमाे दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।निजगढबाट काठमाडौँतर्फ जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमो ब्रेक फेल भई दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा सुमाेमा सवार ८ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना सिन्धुली दुधौली बस्ने ७ बर्षका बालक किसान पोखरेलको अवस्था गम्भीर रहेको छ। उनको बाराकाे परवानीपुरस्थित एल एस न्युरोमा उपचार भइरहेको र अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

सुमो र त्यसका चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको न्यौपानेले बताए ।

Related posts

उखरमाउलो गर्मीले आजित वीरगन्जबासीलाई बर्षा भएपछि राहत महसुस, किसानहरुपनि हर्षित

MadhesKhabar

उद्योग मन्त्री रिजाल सहभागी वृक्षारोपण कार्यक्रममा रोपियो ६ हजार बिरुवा

MadhesKhabar

वीरगन्ज महानगरको १६ औं नगरसभामा मेयर सिंहले पेश गरेका विधेयक र प्रस्तावहरु सर्वसम्मतले पारित

MadhesKhabar

Leave a Comment