Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा २ महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको घटनाको चौतर्फी आलोचना

तस्बिर : एजेन्सी

काठमाडौं, ४ साउन : भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो बुधवार सार्वजनिक भएको थियो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् ।

सांसद असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले कसरी देश चलाइरहेका छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको बताएका छन् । कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्केले मणिपुरमा मानवीयता मरेको भन्दै प्रधानमन्त्री मोदीले कहिल्यै माफी पाउन नसक्ने बताएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई उन्मुक्ति नदिने बताएका छन् । मोदीले घटनाबारे बताउँदै आफ्नो मन पीडाले भरिएको र देशकै अपमान भइरहेकोले दोषीलाई उन्मुक्ति नदिने बताएका हुन् । विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएकामा हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोलेका हुन् ।

महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको बताएको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरिएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले दोषीलाई कडा कारबाही हुने बताउँदै यस घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको दाबी गरेका छन् । सर्वोच्च अदालतले पनि यस विषयमा सरकारको जवाफ मागेको छ ।

Related posts

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढीको मृत्यु

MadhesKhabar

कश्मिरमा आतंककारीसंगको भीडन्तमा मारिए सेनाका कर्नेल, मेजर र प्रहरीका डिएसपी

MadhesKhabar

Leave a Comment