Madhes Khabar
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं,४ जेष्ठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।काठमाडौंको सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

उनले हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान प्रहरीले ऊर्जा मन्त्रालय नजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।साभारः कान्तिपुर

Related posts

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, रवि लामिछाने गृहमन्त्री

MadhesKhabar

नागरिकता विधेयक संसदमा अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

MadhesKhabar

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

MadhesKhabar

Leave a Comment