Madhes Khabar
राजनीति

जनमत पार्टीले छाड्याे सरकार

काठमाडौं ,१७चैत: मन्त्रीमण्डल पुर्नगठन प्रति असन्तुष्टि जनाउँदै सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको हाे ।

जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका छन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

तर शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्री मण्डल पुर्नगठन गर्दा जनमतकाे भागमा खानेपानी मन्त्रालय नै यथावत राखेपछि मन्त्री खानले राजिनामा दिएका हुन् ।

Related posts

दोस्रो पुस्ताका नेतामध्ये सबैभन्दा लोकप्रिय नेता कांग्रेस महामन्त्री गगन थापा

MadhesKhabar

अहिले एमालेले कांग्रेससंग मिलेर सरकार बनाउने सम्भावना छैन : याेगेश भट्टराई

MadhesKhabar

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment