Madhes Khabar
शिक्षा हेडलाइन

सखुवाप्रसौनीका अध्यक्ष यादवको अग्रसरतामा कक्षा ११ का छात्राहरुलाई साइकल वितरण

मधेसखबर
वीरगन्ज,१०चैत : पर्साको सखुवाप्रसौनी गाउँपालिकाले सामुदायिक विधालयमा कक्षा ११ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।मधेस प्रदेश सरकारले कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्दै आएकोमा सखुवाप्रसौनी गाँउपालिकाले भने आफनै बजेटबाट कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गरेको हो ।

शुक्रबार गाँउपालिकाले वडा नम्बर २ औराहा पन्च्गाजा स्थित दिपनारायण आदर्श नमूना माध्यमिक विधालयको कक्षा ११ मा अध्ययनरत ३७ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

विधालयमै शुक्रबार आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यशवन्त यादवले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् ।
गाँउपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० बजेटमा साइकल वितरणका लागि ७ लाख रुपैया विनियोजित गरिएकोमा त्यही रकमबाट साइकल खरिद गरि ३७ जना छात्राहरुलाई साइकल वितरण गरिएको प्रशासन शाखा प्रमुख अरविन्द ठाकुरले बताए ।
प्रदेश सरकारले कक्षा ८ का छात्रालाई मात्रै साइकल वितरणको कार्यक्रम सन्चालन गरेकोमा आफनो पालिकाले कक्षा ११ का छात्राहरुलाई पनि साइलक वितरणको कार्यक्रम थालेको उनले बताए ।

उनले उच्च शिक्षा प्रति किशोरी र युवतीहरुलाई आकर्षित गर्ने उदेश्यले यो कार्यक्रम थालिएको बताए । उनले भने ,‘ कक्षा ११ मा पढ्न टाढा टाढाबाट छात्राहरु पैदलै आउनु पर्ने बाध्यता छ , त्यसैले उनिहरुलाई विधालय आउन सहज होस् भनेर हामीले आफनो पालिकामा यो कार्यक्रम थालेका हौं ।

शुक्रबार साइकल पाएपछि खुशी व्यक्त गर्दै कक्षा ११ मा अध्यनरत पर्सागढी नगरपालिका ९ की सिमा यादवले घरबाट पैदल हिडेर विधालय आउन एक घण्टा लाग्ने गरेकोमा अब साइकल पाएपछि भने १०/१५ मिनेटमै आइपुग्ने बताइन् ।पटेर्वासुगौली गाँउपालिका ३ घर भएकी कक्षा ११ कै छात्रा सन्ध्यादेवी थारुले घर र विधालय बिचको दुरी टाढा भएकाले पैदल हिडेर आउदा समस्या हुने गरेको बताइन् । तर अब साइकल पाएपछि भने विधालय आउन सहज हुने उनले बताइन् ।

शुक्रबारको साइकल वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट,वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, विधालयका प्रधानाध्यापक शिवनाथ चौधरी, पालिकाको प्रशासन शाखाका अधिकृत अरविन्द ठाकुर र ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामाजा केशरीको पनि उपस्थिती थियो ।

 

Related posts

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

पर्साका किसानलाई वितरण नगरी घरमा लुकाएर राखिएको १९१ बोरा मल बरामद

MadhesKhabar

Leave a Comment