Madhes Khabar
राष्ट्रिय

चितवन-२ मा आफुलाई विजयी घाेषणा गर्न माग गर्दै निर्वाचन आयाेगमा श्रेष्ठको निवेदन

काठमाडौं ,२२माघ :नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आइतवार आयाेगमा पुगेर नेता श्रेष्ठले निवेदन दिएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन्।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावकाे माध्यमबाट सांसदको पदपूर्ति हुने बताए।साभार:उज्यालाे

Related posts

रविलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

MadhesKhabar

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

भदौ २४ को उपद्रवमा संलग्न २५० जनालाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले छोड्यो

MadhesKhabar

Leave a Comment