Madhes Khabar
रोचक दुनियाँ स्थानिय

चोरीको चुरोट किनेको आरोपमा कलैया ३ का वडा अध्यक्ष कानु पक्राउ

सांकेतिक फोटो

वीरगन्ज,१३ माघ : बाराको कलैया उपमहानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।

चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको जानकारी दिए ।साभार : अनलाइनखबर

 

Related posts

छपकैयामा मदर्शा भवनकाे सांसद चाैरसियाले गरे शिलान्यास

MadhesKhabar

वीरगन्ज महानगरका स्काभेटर चालक मंगरु डाेम उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित

MadhesKhabar

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

Leave a Comment