Madhes Khabar
Uncategorized हेडलाइन

त्याग र तपस्याको भावना साथ देश र जनताको हितमा कार्य गर्नेछु सांसद प्रभु साह


मधेसखबर
पुष २२ गते , वीरगञ्ज : वीरगंजमा आज आम जनता पार्टिको मधेश प्रदेश कमिटिको विस्तारीत बैठक सम्पन्न भएको छ ।

पार्टिको मधेश प्रदेश कमिटिले वीरगञ्जको होटल ओम पार्टि प्यालेसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टिका राष्ट्रिय अध्यक्ष एव् सांसद साहले हालका प्राय सबै पार्टि देश र जनताको विकास भन्दा आफ्नो स्वार्थका लागि मात्रै सत्तामा जाने गरेको तथा राजनीती गर्ने गरेको आरोप लगाएका छन् ।

आफुहरु ठुलो पार्टिका यस अघि भएको तर हाल नभएकोले कसैले नसोध्ने तथा कसैले भाउ नदिने की भन्ने मनको आशंका यदि छ भने त्यो आफ्नो ब्यक्तीगत लाभ र स्वार्थका कारण मात्रै रहेको तर देश विकास तथा जनताको हितका लागि लागि पर्ने कुनै पनि समुह , ब्यक्ती वा पार्टि त्यागी स्वभावको हुनुपर्ने बताएका छन् ।

उनले देश संकट पुर्ण अवस्थाबाट गुज्रिरहेको तथा आर्थिक रुपले पनि जर्जर भईरहेको अवस्थामा पनि सत्ताको लोभमै
पार्टिहरु लगिरहेकोले देश झनै विनाश तर्फ उन्मुख भईरहेकोले आफ्नो पार्टि अब त्यस्ता अवस्थामा अग्रगामी सोचका साथ तथा जनताका लागि सोच्ने र देश जनताका लागि केही गर्ने नेता र पार्टि आवश्यक रहेकोले आम जनता पार्टिको स्थापना गरी अगाडी बढेको दाबी साहले गरेका छन् ।

कुनै बेला पार्टि र नेता देशको लागि लडेको स्मरण गर्दै हाल प्राय सबै पार्टिका नेताहरु भ्रष्ट भईसकेको तथा त्यसैको उपज हाल बनेको सरकारमा कसैको बहुनत नहुँदा स्वार्थ पुर्तीका लागि मात्रै मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै आम जनता पार्टिका पर्सा ईन्चार्ज बाबुराम कौशिकले प्राय सबै पार्टि तथा नेताहरु भ्रष्ट र बेईमान तथा सत्ता केन्द्रित भएको बेला व्यतिmगत स्वार्थलाई स्वार्थलाई त्याग्दै देश र जनताको हितमा कार्य गर्ने उद्देश्यले आम जनता पार्टिको उदय भएको बताउँदै अब नयाँ बनेको सरकारलाइ खबरदारी गर्नुका साथै आम जनता पार्टि जनताकै पार्टि भएकोले देश र जनताको हित हुने कार्यमा जुटिसकेको बताए ।

आम जनता पार्टिका राष्ट्रिय अध्यक्ष एव् सांसद प्रभु साहको प्रमुख आथित्यमा भएको कार्यक्रममा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह , पार्टिका बारा , पर्सा , रौतहट लगायत ८ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Related posts

पर्साकाे हुलाकी सडकमा भएकाे माेटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते,अवस्था अचेत

MadhesKhabar

बाराकाे पचराैता नगरपालिकामा फेरि एक युवककाे हत्या 

MadhesKhabar

हत्याको बदला लिन यादवको हत्या आफन्तले नै गरेको खुलाशा

MadhesKhabar

Leave a Comment