Madhes Khabar
शिक्षा हेडलाइन

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

वीरगन्ज,२६ मंसिर : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।
कार्यालयको अनुसार शैक्षिक सत्र २०७९÷८० मा भर्ना भएका विद्यार्थीहरुले पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।

रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित (८ सय) का दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको छ ।

सम्बन्धित विद्यालयले माघ १५ बैंक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

Related posts

बारा ३ मा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

पोखरीया नगरपालिकामा विधालय बन्द गरेर नगरसभा

MadhesKhabar

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

Leave a Comment