Madhes Khabar
शिक्षा हेडलाइन

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

वीरगन्ज,२६ मंसिर : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।
कार्यालयको अनुसार शैक्षिक सत्र २०७९÷८० मा भर्ना भएका विद्यार्थीहरुले पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।

रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित (८ सय) का दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको छ ।

सम्बन्धित विद्यालयले माघ १५ बैंक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

Related posts

जनतालाई सुरक्षाकाे प्रत्याभूति हुने गरि काम गर्न सुरक्षा प्रमुखहरुलाई नवनियुक्त मुख्यमन्त्री साेनलकाे निर्देशन

MadhesKhabar

काठमाडौं वल्ड स्कुलकाे नेपाल टूर अभियान वीरगन्जमा पनि सम्पन्न

MadhesKhabar

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment