Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सामा ४ वटै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो १.३० बजे देखि शुरु भएकोमा क्षेत्र नम्बर ३ र ४ को पाि मतगणना दिउँसो २.३० बजे शुरु भएको हो ।

वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पर्सा १ र २ को र पर्सा ३ र ४ को मतगणना पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिशत मतदान भएको थियो ।
पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जनाले मतदान गरेका थिए ।

पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९ सय ३३ रहेकोमा ५१ हजार ३ सय ७९ मत खसेको थियो । पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा ५९ हजार १ सय ८८ मत खसेको थियो । पर्सा ४ मा कुल मतादाता ९० हजार ८ सय ५१ रहेकोमा ६२ हजार ९२ मत खसेको थियो ।

जिल्लाका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि ५८ र आठ वटै प्रदेशसभा सदस्यका लागि १०३ गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Related posts

वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउ महानगरले काम गरिरहेको छ : मेयर सिंह

MadhesKhabar

वीरगन्जमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

Leave a Comment