
मधेसखबर
वीरगन्ज, २१ कार्तिक : स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै महिलाहरुले पनि अभियान चलाएका छन् ।
स्वस्फूर्त रुपमा महिलाहरु जम्मा भएर क्षेत्र नम्वर २(ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन घरघरमा पुगेर मतदातासँग भेट गरिरहेका छन् ।
महिलाहरुको समूहले सोमबार साँझ वडा नम्वर १० अशोकवाटीकामा घरदैलो गर्दै स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरे ।
मतदातासँगको भेटमा उनीहरुले राजनीतिक दलकै कारण आफ्नो ठाउँको विकास र समृद्धि पछि परेकाले अब स्वतन्त्रलाई विजयी बनाएर अघि बढ्नु पर्ने बताएका थिए । परिवर्तनका लागि पनि स्वतन्त्रलाई अघि ल्याएको भन्दै उनीहरुले सबैको साथबाट मात्रै परिवर्तन संभव हुने बताए ।

