Madhes Khabar
राजनीति

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउन महिलाहरु घरदैलोमा

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै महिलाहरुले पनि अभियान चलाएका छन् ।
स्वस्फूर्त रुपमा महिलाहरु जम्मा भएर क्षेत्र नम्वर २(ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन घरघरमा पुगेर मतदातासँग भेट गरिरहेका छन् ।

महिलाहरुको समूहले सोमबार साँझ वडा नम्वर १० अशोकवाटीकामा घरदैलो गर्दै स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरे ।

मतदातासँगको भेटमा उनीहरुले राजनीतिक दलकै कारण आफ्नो ठाउँको विकास र समृद्धि पछि परेकाले अब स्वतन्त्रलाई विजयी बनाएर अघि बढ्नु पर्ने बताएका थिए । परिवर्तनका लागि पनि स्वतन्त्रलाई अघि ल्याएको भन्दै उनीहरुले सबैको साथबाट मात्रै परिवर्तन संभव हुने बताए ।

Related posts

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

पर्सामा हावाहुरीबाट नोक्सानी व्यहोरेकाहरुलाई राहत र क्षतिपुर्ति दिन कांग्रेस सांसद चौरसियाको माग

MadhesKhabar

जनताबाट पाइरहेको समर्थनले झन् उत्साहित भएको छु : डाक्टर मधु गुप्ता

MadhesKhabar

Leave a Comment