Madhes Khabar
अन्तरवार्ता हेडलाइन

दसैंकाे किनमेलका लागि वीरगन्जमा सस्तो बजार सन्चालन

मधेसखबर
वीरगन्ज ,१० असाेज : हरेक वर्षको जस्तै यसपालि पनि दसैंलाई लक्षित गरि वीरगन्जमा दसैं सस्तो बजार सन्चालनमा ल्याइएको छ ।

वीरगन्जकाे महावीर धर्मशालामा साेमबार देखि वीरगंजमा आज देखि दशैं सस्तो बजार २०७९ शुरु भएको छ । महाबिर धर्मशालामा शुरु दसैं सस्तो बजारकाे साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्घाटन गरेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय पर्सा र वीरगन्ज उद्योग वाणिज्य संघकाे संयुक्त आयोजनामा सन्चालन गरिएको सस्तो बजार सात दिन अर्थात फूलपातिकाे दिन सम्म चल्नेछ लाग्ने छ । सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितका १९ वटा स्टलहरु राखिएक छन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले दसैं सस्तो बजार आयोजना गरिएको बताए ।

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, मधेस प्रदेशकाे उद्योग विभागका महानिर्देशक सुशिल साह, घरेलु तथा साना उद्योग कार्यालय पर्साकी प्रमुख रिमा साह, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, कार्यसमिति सदस्य मनोज शर्मा, दिपक टिवडेवाल, चंचला दास लगायतको उपस्थिति रहेको थियो ।

Related posts

नहरमा भ्रष्टाचार गरेकाे भन्दै नारायणी सिंचाइ वीरगन्जका कर्मचारीहरु विरुद्ध मुद्दा दायर

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाह वीरगन्ज भन्सारमा गाभियो

MadhesKhabar

पर्साकाे कालिकामाई गाँउपालिका फेरि विवादमा

MadhesKhabar

Leave a Comment