Madhes Khabar
राजनीति

पर्सा २ को ख मा चौधरीको अध्यक्षतामा जसपाको क्षेत्रीय समिति गठन

मधेसखबर
वीरगन्ज, ११ भदौं : पर्साको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख ममा शनिबार जनता समाजवादी पार्टी (जसपा) को भेला सम्पन्न भएको छ । भेलाले भिखर चौधरीको अध्यक्षतामा प्रदेशसभा क्षेत्रीय समन्वय समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा ग्यासुदिन देवान , सुरेन्द्रलाल साह र रमिता माया गुप्ता , सचिवमा जब्बार मन्सुरी, उपसचिवमा नागेन्द्र साह तुराहा .राजेन्द्र लाल हाडा , सन्जिव यादव तथा कोषाध्यक्षमा सुरेन्द्र प्रसाद कुर्मी रहेका छन् । यसैगरि समितिको सदस्यमा राबडी देवि, शंकर साह सोनार लगायत रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

क्षेत्रीय अध्यक्ष कामेश्वर पन्डितको अध्यक्षता एंव प्रदेशसभा सदस्य करिमा बेगमको प्रमुख आतिथ्थ्यतामा भएकाो भेलामा जसपाका केन्द्रिय सदस्य जनार्दन यादव र फिरोज मन्सुर , पर्सा जिल्ला सह इन्चार्ज महाराज यादव, जिल्ला सचीव तबरेज अहमद,जिल्ला सदस्य वीरेन्द्र प्रसाद यादव,मिथिलेस सिंह , युवा नेता मुकेश दुबेदी, अमित यादव पनि लगायतको सहभागीता रहेको थियो ।

 

Related posts

एकता वा गठबन्धनका लागि जसपा सामु लोसपाको दुइ सर्त

MadhesKhabar

सिके राउत आफै उम्मेदवार हुँ भनेर बारा २ का जनतालाई झुक्याउदै छन् : उपेन्द्र यादव

MadhesKhabar

वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश

MadhesKhabar

Leave a Comment