Madhes Khabar
खेलकुद

ठोरीमा तिजकप फुटबल सुरु, बसन्तपुर युनाइटेड क्लबको विजयी सुरुवात

 

मधेसखबर

वीरगन्ज,०५ भदौ : पर्साको ठोरीमा आइतबार देखि तिजकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

आइतबार भएको उद्घाटन खेलमा चितवन माडीको गोल्डेन इमिनेट बसन्तपुर युनाइटेड क्लब विजयी भएको छ ।निर्मल समाज क्लब ठोरीले ठोरी १ चौतारामा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा गोल्डेन इमिनेट बसन्तपुर युनाइटेडले पर्साको निचुटा स्पोर्टस क्लबलाइ ६-० गोलको फराकिलो अन्तरले पराजीत गरेको हो ।उसका लागि   किशोर महत्तोले ३  र रितेस छेत्रीले १ गोल गरेका हु्न । बाँकी २ गोल भने निचुटाले   आत्माघाती गोल गरेको हो  । उद्घाटन खेलको   म्यान अफ द म्याच ३ गोल गर्न सफल महत्तो नै घोषित भए।

आइतबार नै भएको दोश्रो खेलमा आयोजक निर्मल समाज(बी) ले दिपज्योती युवा क्लबलाई ३-० ले हराउँदै दोश्रो चरणमा प्रवेस गरेको छ । विजेता टीमका अनुप ठोक्कर दोस्रो खेलको म्यान अफ द म्याच घोषित भए ।

आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ , उपाध्यक्ष गोकुली रेग्मी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य ठाकुर न्यौपाने, माओबादी केन्द्रका अञ्जान शाक्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, ठोरी १ र ४ का वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु, समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सोमबार दुइ वटा खेल हुनेछ। भदौ १७ गते सम्म चल्ने प्रतियोगितामा पर्सा र चितवनका गरि २६ वटा टिमले भाग लिएको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए।

Related posts

लखनउमाथि राजस्थानकाे सहज जित

MadhesKhabar

आईपीएलमा आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास

MadhesKhabar

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

MadhesKhabar

Leave a Comment