Madhes Khabar
खेलकुद

ठोरीमा तिजकप फुटबल सुरु, बसन्तपुर युनाइटेड क्लबको विजयी सुरुवात

 

मधेसखबर

वीरगन्ज,०५ भदौ : पर्साको ठोरीमा आइतबार देखि तिजकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

आइतबार भएको उद्घाटन खेलमा चितवन माडीको गोल्डेन इमिनेट बसन्तपुर युनाइटेड क्लब विजयी भएको छ ।निर्मल समाज क्लब ठोरीले ठोरी १ चौतारामा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा गोल्डेन इमिनेट बसन्तपुर युनाइटेडले पर्साको निचुटा स्पोर्टस क्लबलाइ ६-० गोलको फराकिलो अन्तरले पराजीत गरेको हो ।उसका लागि   किशोर महत्तोले ३  र रितेस छेत्रीले १ गोल गरेका हु्न । बाँकी २ गोल भने निचुटाले   आत्माघाती गोल गरेको हो  । उद्घाटन खेलको   म्यान अफ द म्याच ३ गोल गर्न सफल महत्तो नै घोषित भए।

आइतबार नै भएको दोश्रो खेलमा आयोजक निर्मल समाज(बी) ले दिपज्योती युवा क्लबलाई ३-० ले हराउँदै दोश्रो चरणमा प्रवेस गरेको छ । विजेता टीमका अनुप ठोक्कर दोस्रो खेलको म्यान अफ द म्याच घोषित भए ।

आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ , उपाध्यक्ष गोकुली रेग्मी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य ठाकुर न्यौपाने, माओबादी केन्द्रका अञ्जान शाक्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, ठोरी १ र ४ का वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु, समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सोमबार दुइ वटा खेल हुनेछ। भदौ १७ गते सम्म चल्ने प्रतियोगितामा पर्सा र चितवनका गरि २६ वटा टिमले भाग लिएको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

दोस्रो एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे सहज जीत

MadhesKhabar

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment