Madhes Khabar
शिक्षा

पर्साको लखनपुरमा एसइइ उत्तीर्ण विधार्थीहरु सम्मानित

मधेसखबर
वीरगन्ज, २४ साउन : पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ६ लखनपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) २०७८ मा उत्कृष्ट नतिजा ल्याएका विधार्थीहरुलाइ सम्मानित गरिएको छ ।

वडा नम्बर ६ का ३.२ जिपिए अंक ल्याएका खुसराज यादव सहित २६ जना विधार्थीहरुलाइ मङगलबार एक कार्यक्रम गरि सम्मानित गरेको हो । कार्यक्रममा उनिहरुलाइ पुरस्कार स्वरूप डायरी र कलम वितरण पनि गरिएको थियो ।

शिक्षा क्षेत्रमा लखनपुर कमजोर रहेको कारण बिद्यार्थीहरु बिचैमा कक्षा छोडि बिना सीप रोजगार तथा बिदेश तिर लागने र उच्च शिक्षामा ध्यानाकर्षण नहुने भएकोले पहिलो पटक बिद्यार्थीहरुलाई सम्मानित गरिएको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले बताए ।

 

श्री जनजागरण युवा क्लबको आर्थिक सहयोगमा सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ६ का वडा अध्यक्ष मुन्ना राउत कम्करको अध्यक्षता एवं गाउँपालिककी उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि अनुषनधान निर्देशनालय मधेस प्रदेशका निर्देशक डा. बिश्वेसर यादव, गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जैसवाल, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह, प्रधानाध्यापक. भरत गिरी लगायतको सहभागिता रहेको थियो ।

Related posts

देशभरका विधालयहरु ६ दिनका लागि बन्द

MadhesKhabar

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

MadhesKhabar

Leave a Comment