Madhes Khabar
शिक्षा

एसईईको नतिजा सार्वजनिक

मधेसखबर
वीरगन्ज,११साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह सार्वजनिक नतीजा अनुसार , यस वर्षको एसइइमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको विद्यार्थीको संख्यासंख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ रहेको छ ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउने विद्यार्थीको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

बुधबार बसेको परीक्षा बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार यस वर्षको एसइइमा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले परिक्षा बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका थिए ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

Related posts

पर्साकाे ग्रामीण भेगमा कम्प्युटर इन्जिनियरिङकाे पढाइ सुरु:विपन्न विद्यार्थीलाई गाँउघरमै सुनौलो अवसर

MadhesKhabar

पर्साका सामुदायिक विद्यालयहरुमा शिक्षा नियमावली अनुसार प्रधानाध्यापक नियुक्त गर्न निर्देशन

MadhesKhabar

छात्रवृत्ति विवरण सार्वजनिक गर्न निजी र सरकारी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन

MadhesKhabar

Leave a Comment