Madhes Khabar
धर्म/संस्कृति

रामगढवामा महादेव मन्दिर निर्माणका लागि कुर्मीद्धारा ३५ लाखको जग्गा दान

मधेसखबर
वीरगन्ज,३२असार : वीरगन्ज २४ रामगढ़वा स्थित सोमेशवर नाथ महादेव मन्दिर निर्माणका लागि पन्नालाल प्रसाद कुर्मिले ३५ लाख रुपैया मुल्य पर्ने ६ धुर जग्गा दान गरेका छन् ।कुर्मीले सोमेशवरनाथ महादेव मंदिर संरक्षण समितिको नाममा जग्गा दान गर्दै पास गरेका हुन् ।

जग्गा दाता कुर्मीलाइ शनिबार सम्मान पनि गरिएको छ । नागरिक समाज रामगढ़वा तथा मंदिर संरक्षण समितिको तर्फबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले दोशल्ला ओढाउदै कदरपत्रले सम्मनित गरेका हुन् ।

उक्त सम्मान कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,वडाअध्यक्षबिजय पटेल, हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेल,.विश्व हिन्दू महासंघका केंद्रीय महासचिव अभिषेक तिवारी,विश्व हिंदू परिषद नेपाल पर्सा जिल्लाका उपाध्यक्ष शम्भू महतो थारू,अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी,जसपा का युवा नेता रामानन्द पटेल,निबर्तमान बड़ा अध्यक्ष दसरथ पटेल,सामाजिक अभियन्ता प्रकाश थारू लगायतको सहभागिता रहेको संस्थाका सचिव कन्हैया पटेलले जानकारी दिए ।

Related posts

विश्वप्रसिद्ध गढीमाई मेलामा २ करोड बढी दर्शनार्थी आउने अनुमान

MadhesKhabar

होलीमा गाइने तराई–मधेसको जोगिरा हराउँदै

MadhesKhabar

पर्सामा धार्मिक सहिष्णुता बिथोल्न खाेज्नेलाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment