
मधेसखबर
वीरगन्ज,१२असार : ब्रह्मा कुमारी राज योग सेवा केन्द्रले अन्तर्राष्ट्रिय लागु पदार्थ दुव्यर्सन तथा अवैध ओसार प्रसार विरुद्ध दिवसको अवसरमा वीरगन्जको ज्ञानज्योति माध्यमिक विधालयमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
ब्रह्मा कुमारी राज योग सेवा केन्द्रको युवा प्रभागलले विधालयमै आयोजना गरेको कार्यक्रममा लागु पदार्थ विरुद्धको जनचेतनामूलक चित्र प्रदर्शनी तथा विधार्थीहरुलाइ आध्यात्मिक प्रशिक्षण दिइएको थियो ।
विश्वदर्शन भवन छपकैयाकी सन्चालिका ब्रह्माकुमारी बेली दिदीको नेतृत्व र विधालयका निर्देशक मीनु गुरुंगको संयोजकत्वमा भएको कार्यक्रममा युवा प्रभागका सदस्य ब्रह्माकुमारी सबिता तथा ब्रह्माकुमारी तृप्तिले लागु पदार्थ दुव्यर्सन तथा चरित्र निर्माण सम्बन्धि चित्र प्रदर्शनी मार्फत विस्तारमा प्रकाश पारेका थिए ।
ब्रह्माकुमारी बेली दिदी र युवा प्रभाग वीरगन्जका संयोजक ब्रह्माकुमार गोवर्धनले नशा विकृति र दुर्गुण मूक्त सुन्दर भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

