
माधुरी महत्तो
वीरगन्ज,१० असार : पर्साको पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको पहिलो गाँउसभा शुक्रबार सम्पन्न भएको छ ।
गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४१ करोड ५८ लाख रुपैया बराबरको नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरिन् ।नीति, कार्यक्रम तथा बजेटमा पटेर्वासुगौली गाँउपालिकाले पर्यटन पूर्वाधार विकासका संगै स्वास्थ्य ,कृषि र शिक्षा क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष थारुले जानकारी दिइन् ।
पालिकाभरीका किसानलाइ पशुपालन बिमा सेवा निशुल्क उपलब्ध गराइने ,विपन्न तथा दलित छात्रछात्राको उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था गरिने , लागु पदार्थको दुव्र्यसनमा परेकाहरुका लागि पुर्नस्थापना केन्द्र सन्चालनमा ल्याइने ,पालिकाभरका सबै माविमा विषयगत शिक्षकको व्यवस्था गरिने , एक विधालय एक कम्प्युटर एक प्रिन्टर कार्यक्रम कार्यान्वयनमा ल्याइने योजना नीति तथा कार्यक्रममा रहेको वडा नम्बर २ का वडाअध्यक्ष विजय गैरेले जानकारी दिए ।

यस्तै नीति तथा कार्यक्रममा विदेशबाट फर्किएकाहरुलाइ उद्यमको सिप दिएर बैंकसंग सहकार्य गरि ऋण उपलब्ध गराइने , दुग्धेश्वरनाथ महादेव मन्दिरको स्तरोन्नत्तीका लागि डिपिआर तयार पारेर काम अगाडी बढाइने , होमस्टे सन्चालन गरि , वडा नम्बर २ भुमरीमाइमा थारु संग्राहलय स्थापना गरिने योजना पनि उल्लेख गरिएको छ ।
यसैगरि विपन्न नागरिक र सुत्केरी महिलालाइ अस्पताल सम्म लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने , हरेक स्वास्थ्य चौकीमा महिला र किशोरीका लागि निशुल्क सेनेटरी प्याड बैंक स्थापना गरिने कार्यक्रम पनि रहेको वडाअध्यक्ष गैरेले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षता एंव पुर्वमन्त्री सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गाँउसभामा पाच वटै वडाका वडाअध्यक्ष , वडासदस्य र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।

