Madhes Khabar
धर्म/संस्कृति

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

मधेसखबर
वीरगन्ज,२८ जेठः भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा वीरगन्जमा शनिबार हिन्दु धर्मका अगुवाहरुले प्रदर्शन गरेका छन् ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
शनिबार भने हिन्दुवादीहरुले नुपुर शर्मा र नविन जिन्दलको समर्थनमा वीरगन्जमारयाली निकालेर प्रदर्शन गरेका हुन् । हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर , पम्प्लेट बोकेर हिन्दुवादीहरुले निकालेको समर्थन रयालीले नगर परिक्रमा गरेको थियो । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ , भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए ।
भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको समर्थनमा रयाली निकालेर प्रदर्शन गरिएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।
मुस्लिम धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै नुपुर शर्मा र नविन जिन्दललाइ भाजपाले पार्टीबाट कारबाही गरिसकेको छ ।

Related posts

आज यमपञ्चककाे तेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद पर्व मनाउँदै

MadhesKhabar

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment