Madhes Khabar
शिक्षा

ठोरीका दुइ विधालयमा चोरी

मधेसखबर

वीरगन्ज,२२जेठ: पर्सा जिल्लाको ठोरी गाउँ पालिकामा दुई वटा बिधालयमा चोरी भएको छ ।
ठोरी -४ को माबि बिजयबस्ती र ठोरी-५ को सखुवाटी प्राबिमा गएराती चोरी भएको छ ।

कक्षा-१२ को परीक्षा केन्द्र समेत रहेको माबि बिजयबस्तीमा फलामको रडले ५ वटा कोठाको ताल्चा फोडेर भित्र रहेका सामाग्री भताभुङ्ग पारेको भेटिएको बिद्यालयका प्रधानाध्यापक नारायण लामाले बताए। बिद्यालयको २ वटा अफिस कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ्ग अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने खोजी भैरहेको प्रअ लामाले बताए।

त्यस्तै ठोरी ५ सुवर्णपुरमा रहेको सखुवाटी प्राबिमा पनि रडले ताल्चा फोडेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी भएको बिद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले बताए।

उक्त बिद्यालय(सखुवाटी प्राबी)मा चोरी गर्ने ब्याक्तिको पहिचान भइसकेको र बांकी अनुसन्धान जारी रहेकाले केहिबेर पछि बिस्तृत विवरण आउने प्रहरी चौकी सुवर्ण पुरले जनाएको छ ।
उक्त बिधालय प्रहरी चौकी भन्दा २० मिटर को दुरिमा रहेको छ ।

Related posts

पटेर्वासुगौली गाँउपालिका शिक्षक संघको अध्यक्षमा सुनिता चौधरी चयन

MadhesKhabar

छोरीलाई शिक्षित बनाएमात्रै बालविवाह रोक्न सम्भव छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

गर्मीले बालबालिकालाई समस्या परेपछि बिहानी कक्षा सञ्चालन गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment