Madhes Khabar
राष्ट्रिय

निजगढ विमानस्थल नबनाउने फैसलाको विरोधमा काठमाण्डौमा पनि प्रदर्शन

फोटो :रातोपाटी

मधेस खबर
वीरगन्ज,१४जेठ
:बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालत गरेको फैसलाको विरोधमा काठमाण्डौमा पनि प्रदर्शन गरिएको छ ।
काठमाण्डौमा बस्दै आएका निजगढवासीले शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले वातावरणको नाममा विकास रोक्न पाइदैन , कार्यपालिकाको काम प्र्रति हस्तक्षेप बन्द गर , सर्वोच्च अदालतको दर्भाग्यपूर्ण फैसला पुर्नविचार गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
यता निजगढमा पनि सर्वोच्चको उक्त फैसलाको विरोधमा तीन दिन देखि प्रदर्शन भइरहेको छ ।
निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णय खारेज गर्ने सर्वोच्च अदालतको फैसला सच्याउन , वीरगन्ज उद्योग वाणिज्य संघले पनि माग गरेको छ ।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले गत बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ । चारकोसे झाडीको बीचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद्हरुले विरोध जनाएका थिए ।
करिब २४ लाख सालको रुख काटेर विमानस्थल बनाउन लागेको कारण पानीको श्रोत, वातावरण र चराचुरुङ्गी समेतलाई असर गर्ने भन्दै विमानस्थल नबनाउन सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।

Related posts

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

MadhesKhabar

सानो पाइला सहकारीका संस्थापक अध्यक्ष जीबी राई पक्राउ

MadhesKhabar

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

MadhesKhabar

Leave a Comment