Madhes Khabar
समाज

पाेखरियाकाे विद्यालयमा उपकार सेवा नेपालद्वारा पंखा सहयाेग

वीरगन्ज,७मंसिर:पराेपकारी संस्था उपकार सेवा नेपालले पर्साको पोखरिया नगरपालिका-९ स्थित सामुदायिक २ थान पंखा प्रदान गरेकाे छ।

रास्वपा नेता नेजामुद्दीन शमानीको पहलमा उपकार सेवा नृपालले शिवबर्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई २ थान पंखा सहयोग गरेको हाे।विद्यार्थीहरूलाई पठनपाठमा सहजताका लागि उक्त सहयाेग गरिएकाे  समानीले बताए ।

यस्तै शिवबर्वामै आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिइन्।

त्यसअवसरमा स्थानीय समाजसेवी मनोज पण्डित, कृष्ण पटेल,फणीन्द्र गुप्ता, लायन्स क्लब अफ पोखरियाका अध्यक्षसमेत रहेका नेजामुद्दीन शमानी लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

छोराको जन्मदिन दलित वस्तीमा मनाउदै साहले मुसहरलाइ कम्बल बाँडे

MadhesKhabar

नेपाल भारत मैत्री संघको कार्यक्रममा ५७ जनाद्धारा रगत दान

MadhesKhabar

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

Leave a Comment