Madhes Khabar
समाचार

भन्सार कार्यालयका अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

काठमाडौँ,७ मंसिरःकाठमाडौंको त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरेर घुस मागेको पुष्टि भएको छ ।

उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार घुसबापत नौ हजार पाँच सय रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

दुवै जनाले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएकाले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगको ठहर छ ।

आयोगले प्रतिवादी दुवै जनाविरुद्ध नौ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही दफाअनुसार बिगोबराबर जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

Related posts

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

MadhesKhabar

Leave a Comment