Madhes Khabar
समाचार

बाराका एक युवक भारतमा ब्राउन सुगरसहित पक्राउ

बारा,२मंसिर: भारतीय एसएसबीले बाराका एक नेपाली युवकलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका ७ फुलवरियाका २४ वर्षीय मनोहर सिंह रहेका छन्।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१औं बटालियन अन्तर्गतको बीओपी बेल्दरवामठको टोलीले बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारीको समन्वयमा सञ्चालन गरेको संयुक्त गस्तीका क्रममा उनलाई पक्राउ गरेको हो।

एसएसबी मुख्यालय पिपराकोठीका अनुसार भारतको बिहार राज्यस्थित आदापुर थाना क्षेत्रको श्यामपुर गाउँनजिक कडा सुरक्षा जाँच तथा निगरानी बढाइएको थियो। सोही क्रममा नेपाल-भारत सीमा स्तम्भ नम्बर ३८३/६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र शंकास्पद रूपमा हिँडिरहेका सिंहलाई जाँच गरिएको थियो।

जाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकको बोरामा लुकाएर राखिएको ७६.६६ ग्राम ब्राउन सुगर र बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल समेत बरामद गरिएको छ।

पक्राउ परेका युवकलाई बरामद लागूऔषध र मोटरसाइकलसहित थप कानुनी अनुसन्धान तथा कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको छ।

Related posts

पर्साकाे ग्रामीण नाकाबाट तस्करी गरि ल्याइएको एक गाडी ओैषधि बरामद

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयबाट मोटरसाइकल चोरर भाग्दै गरेका युवक पक्राउ

MadhesKhabar

सरकारकाे निर्देशनविपरीत गृहमन्त्री सुधन गुरुङकै संस्था ‘हामी नेपाल’ ले पैसा उठाउन थाल्याे

MadhesKhabar

Leave a Comment