Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समुहद्धारा आगजनी

वीरगन्ज,२६ कात्तिक : पर्साको कालिकामाई गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

वडा नम्बर ३ हरिहरपुरवीर्तामा अवस्थित गाँउपालिकाको कार्यालयमा बुधबारराति अज्ञात समुुहले आगजनी गरेको हो ।बुधबारराति पर्खाल नाघेर कार्यालय परिसरमा छिरेको समुहले कार्यालयको गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी स्वास्थ्य, रोजगार लगायतका शाखामा आगजनी गरेको हो ।

आगजनीबाट ती सबै शाखामा रहेका कुर्सी, टेबल लगायतका फर्निचर,एसी, कम्प्युटर, कागजपत्र लगायतका सामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।

बिहीबार बिहान गाँउपालिकामा कार्यरत जेसबी चालक कार्यालय परसिरको मूख्य गेटको ताल्चा खोलेर प्रवेश गर्दा कार्यालयमा आगजनी गरिएको देखेका थिए । त्यसपछि उनले गाँउपालिकाका अध्यक्ष बशीष्ठ कलवारलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक अर्याल नेतृत्वको टोली आगजनी गरिएको कार्यालयमा पुगेको थियो ।
आगजनी गरिएका शाखामा ढोकाको ताल्चा नै खोलेर प्रवेश गरी मोबिल छर्केर आगजनी गरेको अवस्था देखिएको प्रहरी निरीक्षक अर्यालले बताए ।

आगजनी कस्ले र किन गरेको बारेमा अहिलेसम्म केहि खुल्न नसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेकमे प्रहरी निरीक्षक अर्यालले बताए ।

यसैबीच आगजनी गरिएको खबर पाएर बिहीबार बिहान कार्यालयमा पुगेका गाँउपालिका अध्यक्ष कलवारलाई स्थानीयले घेराउ गर्दै दुव्र्यवहार गर्न खोजेपछि त्यहाँको अवस्था केहिबेर तनावग्रस्त बन्न पुगेको थियो । त्यसपछि प्रहरीले अध्यक्ष कलवारलाई आफ्नै गाडीमा राखेर त्यहाँबाट लिएर गएको थियो ।

Related posts

वीरगन्जमा फाेरम मधेसद्वारा संविधान दहन

MadhesKhabar

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सम्मानित

MadhesKhabar

Leave a Comment