Madhes Khabar
मधेस प्रदेश

पुलमा स्कुटर ठाेक्किदा २ जनाकाे मृत्युु

राैतहट,१मंसिर:रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ।उक्त दुर्घटनामा दुई जना घाइतेपनि भएका छन् ।

मृत्युु हुनेमा राैतहटकै यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवान रहेकाे प्रहरीले जनाएको छ ।

रौतटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर साेमबार साँझ अनियन्त्रित भई पुलमा ठोक्किएकाे थियाे। दुर्घटनामा गम्भीर घाइते भएका अनिकेत र प्रिन्सलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन् ।घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा र सुनिलकाे वीरगन्जमा उपचार भइरहेको छ ।

Related posts

लहानमा बम पड्काएर ६ घर लुटियो, दुई जना गम्भीर घाइते

MadhesKhabar

माेस्टवान्टेड दुई भारतीयलाई सर्लाहीमा प्रहरीले गाेली हानेर समात्याे

MadhesKhabar

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment