Madhes Khabar
राजनीति हेडलाइन

बारामा रास्वपा,कांग्रेस र एमाले छाडेर १०७ जना जसपा नेपालमा प्रवेश, पूर्वमुख्यमन्त्री सोनलले गरे स्वागत

वीरगन्ज,१९ कात्तिकः बाराको बिश्रामपुर गाँउपालिकामा विभिन्न दल परित्याग गरी १०७ जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

बिहीबार आयोजित कार्यक्रममा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेका नेताकार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् । बिश्रारामपुर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी मदन यादव लगायतका १०७ जना जसपा नेपालमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई जसपा नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेशका पुर्व मुख्यमन्त्री जितेन्द्र सोनलले टीका र गाम्छा लगाएरु पार्टीमा स्वागत गरे।

जसपा नेपालका नेता सीताराम गुप्ताको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पूर्वसांसद रामबाबु यादव , जयप्रकाश यादव , सन्जु साह , रामजी महतो , भोला गुप्ता , मदन साह लगायतकाकोपनि विशेष उपस्थिती रहेको थियो ।

Related posts

बचतकर्ताकाे कराेडाैं रकम फिर्ता नगरेकाे भन्दै सानाे पाइला सहकारीमा प्रदर्शन 

MadhesKhabar

ठोरी नाकामा चेकजाँचको बहानामा भारतीय पर्यटकलाई हैरान नपार्न सुरक्षाकर्मीलाई सुझाव

MadhesKhabar

बारा प्रहरीले पक्राउ गरेकाे भारतीय सुटरलाई छुटाइदिने भन्दै १६ लाख माग्ने युवक पक्राउ

MadhesKhabar

Leave a Comment