Madhes Khabar
समाज हेडलाइन

बाढी प्रभावितहरुकाे सहयोगार्थ वीरगन्जमा आयोजित कार्यक्रममा १११ जनाले गरे रक्तदान

वीरगन्ज,१७भदाैं:वीरगन्जमा बुधबार बैंकर्स एशाेसियसनले आयाेजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ जनाले रगत दान गरेका छन्।

 

भाेटेकाेशी-त्रिशूली बाढी प्रभावितहरुकाे सहयोगार्थ आयोजित रक्तदान कार्यक्रममा ९ महिलासहित १ सय ११ जनाले रगत दान गरेका हुन्।

एशाेसियसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहभागी भएका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले रक्तदानजस्तो मानवीय कार्यले संकटका बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले विपद्को समयमा सहयोग पुर्‍याउने विश्वास गरिएको अध्यक्ष आचार्यले बताए ।

रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डे नेतृत्वको टाेली प्राविधिक सहयाेग गरेकाे उक्त रक्तदान कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ब्लड डाेनर्स एशाेसियसनका अरविन्द सिंह, सञ्चारकर्मी अभिलाष गुप्ता लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

अपडेट: दाइजाे नपाएर विहे भाँड्ने बेहुलासहित ५ जनाविरुद्ध पर्सा प्रहरीले थाल्याे कारबाही

MadhesKhabar

मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

MadhesKhabar

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

Leave a Comment