Madhes Khabar
मधेस प्रदेश

राैतहट: नुहाउने क्रममा करेन्ट लाग्दा बालिकाको मृत्यु

सांकेतिक तस्बिर ।

रौतहट,१९जेठ : रौतहटको देवाही गोनाही नगरपालिका-४मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर-४ नदिपारी टोल बस्ने बिजेन्द्र पटेलको १२ वर्षीया छोरी बर्षा कुमारी पटेलकाे आज (मंगलबार) बिहान करेन्ट लागेर मृत्यु भएको हो।

बर्षालाई करेन्ट लागेपछि उपचारको लागि सुकदेव चौकस्थित नेपाल तराई सिटी अस्पतालमा लगिएपनि चेक जाँच गर्ने क्रममा चितित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक आफ्नै घरको कल (धारा) मा नुहाउने क्रममा कलमा जडान भएको मोटरको लाइनबाट करेन्ट लागेको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related posts

मधेस प्रदेशमा मन्त्रालयकाे संख्या घटाएर ९ वटा बनाउन सिफारिस

MadhesKhabar

राैतहटकाे लालबकैया नदीमा नुहाउने क्रममा डुबेर ३ जना बालबालिका बेपत्ता

MadhesKhabar

१० दिनदेखि बेपत्ता ७ वर्षीय साकेत झा धानखेतमा मृत फेला

MadhesKhabar

Leave a Comment