Madhes Khabar
राजनीति

पर्सा–२ का उम्मेदवार सुशील कानुलाई समर्थन गर्दै हर्दियामा ६० जना भन्दा बढी रास्वपामा प्रवेश

shushil kanu वीरगन्ज, ७ फागुन : पर्सा क्षेत्र नम्बर २ मा पर्ने पर्सागढी नगरपालिका वडा नम्बर ५ हर्दियामा विभिन्न राजनीतिक दल त्यागेर ६० भन्दा बढी नेता, कार्यकर्ता, स्थानीय युवा लगायतका व्याक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
बिहीबार हर्दियामै आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानुले फूलमाला र गम्छा लगाएर पार्टीमा स्वागत गरे ।

नवप्रवेशीहरूले देशमा परिवर्तन, सुशासन, भ्रष्टाचारमुक्त समाज र सबैलाई समान अधिकार सुनिश्चित गर्ने क्षमता रास्वपासँग मात्र भएकोले आफुहरु रास्वपामा प्रवेश गरेको बताए । उनीहरूले यसअघि आबद्ध रहेका राजनीतिक दलका नेताहरूले आफूहरूलाई सत्तामा पुग्ने भ¥याङका रूपमा मात्र दुरुपयोग गरेको आरोप लगाउँदै रास्वपा प्रवेश गरेको बताए । “अबको वैकल्पिक शक्ति भनेको रास्वपा नै हो, जसले वास्तविक देश हितमा काम गर्छ,” विकास यादवले भने ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार कानुले पर्सा जिल्लामा युवाहरूका लागि रोजगारी सृजना गर्ने, स्थानीय उद्यमीहरूलाई प्रोत्साहन दिने र भएका उद्योग–कलकारखानाको उत्पादन क्षमता बढाएर थप रोजगारी अवसर सिर्जना गर्ने आफ्नो प्रमुख एजेन्डा भएको बताए । उनले पर्सागढीलाई नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक स्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने पनि चुनावी प्रतिबद्धता व्यक्त गरे ।

कानुले पर्सा – २ बाट पटक – पटक निर्वाचित भएर मन्त्री समेत भएका सांसदहरूले क्षेत्रको विकासका लागि कुनै ठोस काम गर्न नसकेको आरोप समेत लगाए । “यस क्षेत्रबाट यसअघि निर्वाचित सांसदहरूले आधारभूत सुधार पनि गर्न सकेनन्,” कानुले भने, “म निर्वाचित भएँ भने स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, बजार व्यवस्थापन र कृषिमा आधुनिकीकरण जस्ता मुद्दालाई विशेष प्राथमिकता दिएर सम्बोधन गर्नेछु ।” उनले रास्वपालाई देशको कायापलट गर्ने एकमात्र शक्ति बताउँदै स्थानीय मतदाताहरूसँग घण्टी छापमा मतदान गरेर प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।

कानुले बालेनलाई मधेसको धर्ती पुत्रका रूपमा चित्रण गर्दै देशले पहिलो पटक मधेसी प्रधानमन्त्री पाउने अवसर आएको बताए । “मधेसीलाई प्रधानमन्त्री बनेको देख्न चाहनु हुन्छ भने घण्टी छापमा मतदान गरेर रास्वपा सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउनुस्,” उनले भने ।

कानुले निर्वाचित भएर काम गर्न नसके अर्को पटक मुख पनि देखाउन नआउने घोषणा गरे । “एक पटक मौका दिनुस्, काम गर्न सकेनौँ भने अर्को पटक मत माग्न आउँदैनौ,” उनले प्रतिबद्धता जाहेर गरे ।

 

Related posts

वीरगन्जवासीकाे आक्राेश : राजधानी जनकपुर बनाउने मुख्यमन्त्री राउतलाई भाेट दिन्नाै

MadhesKhabar

वीरगन्जमा हुने भनिएको सद्भावना पार्टीको महाधिवेशन अब जनकपुरमा हुने

MadhesKhabar

कलिकामाई गाउँपालिका–२ मा काँग्रेस उम्मेदवार रिजालको घरदैलो कार्यक्रम

MadhesKhabar

Leave a Comment