Madhes Khabar
राजनीति

सिके राउतकाे जनमत पार्टीले गठन गर्‍यो ‘जेन-जी’ युवा संघ

काठमाडौं,१९असाेज:सिके राउत नेतृत्वको जनमत पार्टीले जेनजी जनमत संघ नामक युवा संगठन गठन गरेको छ।

पार्टी अध्यक्ष राउतले आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै देशमा जारी बाढीपहिरोमा राहत तथा उद्धारका लागि खटिन जेनजी जनमत संघका युवाहरूलाई आह्वान गरे।

उनले जनमत पार्टी भनेकै जेनजीको पार्टी भएको बताए। ‘अब जे गर्छ, जेनजीले गर्छ !’ भन्ने नारासहित जनमत पार्टीले यो युवा संगठनमार्फत राजनीतिक र शासकीय सुधारका महत्त्वाकांक्षी एजेन्डाहरू समेत अघि सारेको छ।

जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा राइट टू रिजेक्ट र रिक्लको अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, विज्ञलाई मन्त्री बनाउने तथा न्यायपालिका र संवैधानिक निकायका प्रमुखहरू पनि निर्वाचित हुने जस्ता विषयहरू समावेश छन्।

अध्यक्ष राउतले आफ्नो सामाजिक सञ्जालमा लेख्दै देशमा आएको बाढी, पहिरो र डुबान क्षेत्रमा स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गरी सुरक्षित रूपमा राहत तथा उद्धार कार्यमा खटिन सम्पूर्ण पार्टी पंक्ति र विशेषगरी जेन-जी जनमत संघलाई आह्वान गरे।साभार:नागरिक

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

शेरबहादुर देउवाले चुनाव नलड्ने

MadhesKhabar

एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

MadhesKhabar

Leave a Comment