Madhes Khabar
समाचार

जगदम्बा स्टिलको भट्टी विस्फोटको सत्यतथ्य बाहिर नआएसम्म उद्योग नचलाउन पूर्वमन्त्री सोनलको माग

वीरगन्ज,२०असारःलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बाराको सिमरामििस्थत जगदम्बा स्टिल उद्योगमा भएको भट्टी विस्फोटको घटनाको सत्यतथ्य छानबिन गरेर त्यसको यथार्थ सार्वजनिक नगरिएसम्म उद्योग सञ्चालन नगर्न माग गरेका छन् ।

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा गत बुधबारराति फलाम पगाल्ने भट्टी विस्फोट हुदाँ त्यसमा परेर एक जना मजदुर गम्भीर घाइते भएका थिए भने विस्फोट हुदाँ बखत सिमरा क्षेत्रमा जनजिवन त्रसित बनेको थियो ।

बारा क्षेत्र नम्बर ४ (ख)का प्रदेश सभा सदस्य समेत रहेका सोनलले जगदम्बा स्टिल उद्योगमा बुधबार राति भएको भट्टी विस्फोटको घटनाको किन र कसरी भएको हो ? त्यसको लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर परादर्शी किसिमले जनतामाझ सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न नेपाल सरकार तथा जिम्मेवार निकायसंग माग गरेका छन् ।

उक्त विस्फोटमा परी घाइते भएका मजदुरको निःशुल्क उपचारको व्यवस्था मिलाउन मागग गर्दै प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सोनलले घाइतेको शीघ्र स्वासथ्य लाभको कामनापनि गरेका छन् ।

उक्त घटनाको सत्य तथ्य छानबिन गरि प्रतिवेदन सार्वजजनिक नभएसम्म उद्योग बन्द राख्नपनि सोनलले उद्योग व्यवस्थापक र प्रशासनसंग अनुरोध गरेका छन् । अन्यता बलजफती गरेर उद्योग सञ्चालन गर्न खोजिएमा त्यसबाट उत्पन्न हुने परिस्थितीको सम्पूर्ण जिम्मेवारी जगदम्बा स्टिल उद्योगले नै लिनुपर्ने चेतावनीसमेत सोनलले दिएका छन् ।

Related posts

वीरगन्जको सिर्सिया नदीमा एक पुरुषकाे शव फेला

MadhesKhabar

वीरगन्जबाट तस्करीकाे २८ लाखकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

Leave a Comment