Madhes Khabar
राजनीति

कांग्रेस पर्साद्वारा शाखा प्रमुखहरु मनाेनित

वीरगन्ज,१७भदौ:नेपाली कांग्रेस पर्साले विभिन्न शाखा प्रमुखहरु मनाेनित गरेकाे छ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीको पार्टीको विधान २०१७ र नियमावली २०७६ काे परिच्छेद १७ काे दफा ४८(३) बमाेजिम विभिन्न शाखा प्रमुखहरु मनाेनित गरेका हुन्।

जस अनुसार विकास शाखा प्रमुखमा नविन सिंह,कृषि तथा भुमीसुधार शाखा प्रमुखमा मदन यादव,पेशागत तथा बुद्धिजीवी शाखा प्रमुखमा ललन द्विवेदी,शान्ति सुरक्षा तथा प्रशासन शाखा प्रमुखमा दिनाप्रसाद गुप्ता ,उद्योग व्यपार वाणिज्य समन्वय शाखा प्रमुखमा हिरालाल साह कानु,युवा तथा खेलकुद शाखा प्रमुखमा हरिन्द्र यादव,अभिलेख शाखा प्रमुखमा प्रवेश सर्राफलाई मनाेनित गरिएको छ।

यसैगरी प्रचार प्रसार शाखा प्रमुखमा धर्मेन्द्र पटेल,स्वास्थ्य शाखा प्रमुखमा डाक्टर रामाशंकर कुर्मी, गैरसरकारी संस्था समाजिक सेवा समन्वय शाखा प्रमुखमा माधव राउत थारु,वैदेशिक राेजगार समन्वय शाखा प्रमुखमा गम्भीरा साह तेली,ट्रेड युनियन तथा श्रमिक शाखा प्रमुखमा लक्ष्मण प्रसाद कुर्मी र शिक्षा विज्ञान तथा प्राविधिक शाखा प्रमुखमा शैलेन्द्र यादवलाई मनाेनित गरिएको कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले जारीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।

Related posts

मधेस प्रदेशमा सरकारविरुद्ध भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

MadhesKhabar

चुनाव प्रचारमा २५ जना भन्दा बढी जान नपाउने निर्वाचन आयोगको प्रस्ताव

MadhesKhabar

बारामा आईटी आमीको जिल्ला कमिटी पुर्नगठन,अध्यक्षमा यादव

MadhesKhabar

Leave a Comment