Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

मधेसखबर
वीरगन्ज,२५ माघ : वीरगन्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए ।

नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगन्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरी बीच प्रतिष्पर्धा भइरहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Related posts

मुख्यमन्त्रीका दाबेदार काँग्रेसका क्षेत्री भन्छन् : पार्टी नेतृत्व मेरो पक्षमा सकरात्मक छ

MadhesKhabar

बारा र रौतहटका किसानमा खुशीयाली ल्याउने जमुनी सिंचाई योजनाको काम ४ वर्षदेखि ठप्प

MadhesKhabar

उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु आज बारा आउदै

MadhesKhabar

Leave a Comment