
मधेसखबर
वीरगन्ज,११ भदौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुसँग छलफल गरेकी छन् ।शनिबार शीतल निवासमा राष्ट्रपति भण्डारीले लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो , नेता जितेन्द्र सोननल लगायतका नेताहरुले छलफल गरेकी हुन् ।
छलफलका क्रममा राष्ट्रपति भण्डारी नागरिकता विधेयक बारे सकरात्मक रहेको पाइएको नेता सोनलले जानकारी दिए । छलफलमा कोही पनि नेपालीलाई नागरिकता विहीनताको अवस्था हुन नदिनका लागि आग्रह गरेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानाकारी दिए ।
सोनलले भने ,‘ ’कोही पनि नागरिक राज्यविहीनताको अवस्थामा हुनुहुँदैन , लोसपाले यो विषय विगतदेखि उठाउँदै आएको हो , हामीले राष्ट्रपतिजीसँग पनि यही कुरा आग्रह गरेका छौं , उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ ।

