Madhes Khabar
समाचार हेडलाइन

सिँचाइ विकास डिभिजन वीरगन्जका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,२मंसिर: जलस्रोत तथा सिँचाइ विकास डिभिजन वीरगन्जका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अधिकृत छैठौं (प्राविधिक) गजेन्द्र प्रसाद जयसवाल र विकी यादवविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ मा पर्साको ठोरी गाउँपालिका–३ मा ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ योजनामा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

उनीहरुले योजनाको भुक्तानी दिएबापत र धरौटी रकम फिर्ता दिने प्रयोजनको लागि सेवाग्राहीसँग तीन लाख ४५ हजार रूपैयाँ घुस लिएको आरोपपत्रमा उल्लेख छ। गजेन्द्रप्रसादले कार्यालय समयमा पैसा लिन नमिल्ने भनी अर्को व्यक्तिमार्फत् घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उनीहरु दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन लाख ४५ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

Related posts

गरिमा मृत्यु प्रकरण : घटनाको पाँच दिनपछि पक्राउ परेकाको घरमा प्रहरीको खानतलासी

MadhesKhabar

संसदमै प्रधानमन्त्री बालेन शाहले भने : नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

MadhesKhabar

महानगरले तिलावे नदि किनारको सार्वजनिक जग्गामा वृक्षारोपणका लागि गरेको तारबारमा तोडफोड

MadhesKhabar

Leave a Comment