Madhes Khabar
मधेस प्रदेश

रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्ताेलकाे २७ थान गोली बरामद

काठमाडौं,२मंसिर: रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले मंगलबार ९ एमएमका २७ थान गोली बरामद गरेका छन् ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली फेला पारेको हो ।

सीमामा गस्ती गरिरहेका सुरक्षाकर्मीलाई देख्नासाथ एक युवक झोला फ्याँकेर भागेका थिए । उक्त सेतो प्लास्टिकको झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

बरामद गरिएका गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुलेको छैन ।प्रहरी नायब उपरीक्षक शाहीले घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

मधेस प्रदेशका अर्थमन्त्री यादवद्वारा ससर्त अनुदानको १ अर्ब २५ करोड रकम आफूखुसी वितरण

MadhesKhabar

मधेसमा मृत्यु बढाउँदै करेन्ट : तीन महिनामै ३५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment