Madhes Khabar
समाचार

वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

वीरगन्ज,१मंसिरः नेपाल प्रहरी मातहतको अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा वीरगन्जमा मंगलबार सचेतनामुलक कार्यक्रम गरिएको छ ।

अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा मंगलबार बिहान वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सचेतनामुलक कार्यक्रम ¥याली निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगन्जको घण्टाघरबाट निकालिएको सचेतनामुलक कार्यक्रम ¥याली नगरपरिक्रमा पश्चात पुनः घण्टाघर चोकमै फर्किएर समापन भएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज्का प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगर, पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई , राष्टिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल , सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी लगायतकाको पनि उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

Related posts

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ, अन्य ६ अध्यादेश अध्ययनमै

MadhesKhabar

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाका दोषीलाई कारबाही गर्न उज्यालो नेपाल पार्टी पर्साको माग

MadhesKhabar

वीरगन्जका एक विद्यार्थीले डिएभी कलेजकाे छतबाट हाम फालेर गरे आत्महत्या 

MadhesKhabar

Leave a Comment