Madhes Khabar
समाचार हेडलाइन

जेनजी आन्दोलनमा वीरगन्जको बाल सुधार गृहबाट भागेका युवक पक्राउ

वीरगन्ज,१ मंसिरः जेनजी आन्दोलनका क्रममा वीरगन्जको बालसुधार गृहबाट फरार भएका व्याक्ति पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा घर भएका २२ वर्षीय युवक अप्राकृतिक मैथुन र कर्तब्य ज्यान मुद्धामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए । सजाय भुक्तानीका लागि वीरगन्जको बाल सुधार गृहमा रहेका ती व्याक्ति २०८२ साल भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार ती व्याक्तिलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मालपोत चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

Related posts

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

MadhesKhabar

बाढी र डुबानबाट मधेसमा ५ अर्ब बढीकाे धानबाली नष्ट

MadhesKhabar

एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्ज नाकामा फेला

MadhesKhabar

Leave a Comment