Madhes Khabar
मधेस प्रदेश

राैतहटमा जलाउँदै गरिएको महिलाकाे शव प्रहरीले नियन्त्रणमा लियाे

रौतहट,११ मंसिर: राैतहटकाे बागमती नदिकाे बगरमा जलाउँदै गरिएकाे एक महिलाकाे शव प्रहरीले नियन्त्रणमा लिएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाका वडा नम्बर ५ मा कलावती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

मृतक कलावतीका माइती पक्षले मंसिर ९ गते बुधबार राति करिब ९:१० मिनेटको समयमा मृतकका श्रीमान दिलिप दास तत्मा सहित घरपरिवारका अन्य सदस्यले कुटपिट गरेर ह’त्या गरेको उजुरी दिएका थिए ।उक्त उजुरीका आधारमा प्रहरीले जलाउदै गरिएको शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेकाे छ।

माइती पक्षका अनुसार बुधबार राति कुटपिट पश्चात मृत्यु भएपछि कलावती देवीलाई शुक्रबार बिहान ४ बजे बागमती नदीकाे किनारमा लगेर जलाइएकाे थियाे।

माइतीपक्षको जाहेरीको आधारमा प्रहरीले मृतकको श्रीमान सहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले घटनास्थलमा जल्दै गरेको शवको छातीको भाग बाँकी रहेकाले नियन्त्रणमा लिएर पोस्टमार्टम गरेर माइतीपक्षलाई बुझाएको छ।प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको र चाँडै नै घटनाको वास्तविकता छर्लङ्ग हुने रिजालले बताए ।

Related posts

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

रौतहटमा क्रसर उद्योग सन्चालकहरुको ‘रजगज’

MadhesKhabar

मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका

MadhesKhabar

Leave a Comment