Madhes Khabar
मधेस प्रदेश

मधेस : कम्मरमा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी महिला पक्राउ

धनुषा,६मंसिरःधनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी ४० वर्षीया गंगावती महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेकी महतोलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related posts

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा फ्याकेर प्रदर्शन

MadhesKhabar

मोटरसाइकल दुर्घटनामा पासवानको मृत्यु

MadhesKhabar

निजगढ विमानस्थल बारे सर्वोच्च अदालतले गरेको फैसलाको सर्वत्र विरोध

MadhesKhabar

Leave a Comment