Madhes Khabar
मधेस प्रदेश

फेसबुकमा प्रहरीको बारेमा भ्रामक सूचना पाेष्ट गर्ने पासवान र बैठा पक्राउ

सर्लाही,१मंसिर:सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीका बारेमा भ्रामक सूचना फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४ गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक र भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

मधेस प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

MadhesKhabar

प्रभु साहकी पत्नी रिना कुमारीकाे मेयर पद चैट

MadhesKhabar

Leave a Comment