Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

कांग्रेस सभापति गगन थापाले वीरगन्जमा पनि आएर छठ घाटमा गरे पूजाअर्चना 

वीरगन्ज,३०कात्तिक:नेपाली कांग्रेसका सभापति गगन थापाले वीरगन्जमा पनि आएर छठी माईकाे पूजाअर्चना गरेका छन्।
साेमबार बिहान पत्नि अञ्जना केसीसंगै वीरगन्ज१० स्थित घडिअर्वा छठघाटमा पुगेर थापाले ब्रतालु महिलाहरुसंगै छठी माईकाे पूजाअर्चना गरेका हुन्।त्यसक्रममा थापा दम्पतीले छठका ब्रतालुहरुबाट टीका लगाएर आशिर्वाद ग्रहणपनि गरे।
त्यसअघि थापा दम्पतीले घडिअर्वा छठघाट परिसरमै रहेकाे सूर्य भगवानकाे मन्दिरमा पनि पुगेर पूजाअर्चना गरेका थिए।मन्दिर परिसरमै घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले सभापति थावालाई दाेशल्ला ओढाएर स्वागत र सम्मान गरेका थिए।
छठघाटमा सभापति थापासंगै कांग्रेस सहमहामन्त्री अजय चाैरसिया,केन्द्रीय सदस्य अनिल रुंगटा,मधेस प्रदेश सरकारका पूर्वमन्त्रीहरु ओमप्रकाश शर्मा र जनार्दन सिंह क्षेत्री, कांग्रेस पर्साका  कार्यवाहक सभापति रामनारायण कुर्मी,उपसभापति अशाेक गुप्ता,वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, वीरगन्ज महानगरका उपमेयर इम्तिषाज आलम,नेताहरु कञ्चन झा,भाेला कलवार, अनिल सिंह, महमद साहबुदिन,रामनगिना साह कानु, हिरा साह कानु, युवा नेता राकेश यादव ,दिपक साह कानु लगायतका नेताहरु पनि पुगेका थिए।
;
आइतबार छठ मनाउन सर्लाही पुगेका सभापति थापा साँझ त्यहाँको छठघाटमा पूजा गरेर आइतबार नै राति वास बस्न वीरगन्ज आइपुगेका थिए।

यसैगरी आइतबार  प्रतिनिधि सभाका सभामुख डाेलप्रसाद अर्यालले पनि वीरगन्जका विभिन्न स्थानका छठ घाटहरुमा पुगेर पूजाअर्चना गरेका थिए।

Related posts

अतिक्रमण हटाउन मेयर आफैं पुगे, सिर्सिया पुल नजिक अढाइ कट्ठा जग्गाको अतिक्रमण हटाइयो

MadhesKhabar

विद्यार्थी भर्ना अभियान वैशाख ७ र पठनपाठन वैशाख १६ देखि सुरु गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

Leave a Comment