Madhes Khabar
धर्म/संस्कृति

पूर्वमन्त्री यादवको पहलमा छठ पूजा गर्ने ३५० महिलाहरुलाई साडी वितरण

वीरगन्ज,२६ कात्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने महिलाहरुलाई नयाँ साडी वितरण गरिएको छ ।पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेयलफेयर सोसाइटीले छठ पर्वमा ब्रत गर्ने महिलाहरुलाई बिहीबार साडी वितरण गरेको हो ।

आर्थिक रुपमा विपन्न दलित तथा अन्य समुदायका ३ सय ५० जना महिलाहरुलाई जनही एक एक थान साडी र छठ पूजाको प्रसाद बनाउनका लागि दुई दुई केजी गहुँको पीठो वितरण गरिएको रुंगटा वेयल फेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटाले बताए ।

छठ पर्व केवल धार्मिक आस्थाको विषय मात्र नभई मानवीय सहयोग र सहानुभूतिको पनि पर्व भएको भन्दै उनले आर्थिक रुपमा कमजोर भएका समुदायका महिलाहरुसंग यो पर्वको खुशी बाँड्न पाउनु आँफुहरुका लागि गर्वको कुरा भएको बताए।

रुंगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए।

यसअघि गत मंगलबारपनि सोसाइटीले वीरगन्ज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीहरुलाई छठ मनाउनका लागि जनही एक एक थान साडी वितरण गरेको थियो ।

 

Related posts

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बाराका यतिमखानाका बालबालिकालाई कपडा वितरण

MadhesKhabar

‘बीफ कबाब’को विज्ञापन गर्ने चिकेन स्टेशन विरुद्ध युवाहरुको प्रदर्शन

MadhesKhabar

कर्फ्यू लगाउँदापनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

MadhesKhabar

Leave a Comment