Madhes Khabar
राजनीति

कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी किन बनेनन् महाधिवेशन प्रतिनिधि ?

वीरगन्ज,१५असाेज:नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसभासद अजय द्विवेदी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छैनन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनबाट पर्सा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनोट हुँदा द्विवेदीको नाम समावेश नभएको हो ।

क्षेत्रीय प्रतिनिधिहरूबीचको सहमतिका आधारमा तीन दिनअघि गरिएको भागबन्डामा द्विवेदीको नाम समावेश नगरिएको निवर्तमान क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित अरबिन्द गुप्ताले बताए ।

गुप्ताका अनुसार अन्य कार्यकर्तालाई समेत प्रतिनिधित्व गराउनुपर्ने भएपछि द्विवेदी आफैँ महाधिवेशन प्रतिनिधि नबन्न सहमत भएका हुन् ।

तर, द्विवेदीले भने आफूले पार्टीका ज्येष्ठ तथा पुराना नेता ब्रह्मदेव राउतलाई महाधिवेशन प्रतिनिधि बनाउनका लागि आफ्नो दाबी छाडेको बताएका छन् ।सबैलाई समेटेर अघि बढ्नुपर्ने भएकाले आफूले यसपटक प्रतिनिधि नबन्ने निर्णय गरेको उनको भनाइ छ ।

यद्यपि, द्विवेदी महाधिवेशन प्रतिनिधि नबनेको विषयलाई लिएर कांग्रेसभित्र विभिन्न कोणबाट चर्चा र अड्कलबाजीसमेत सुरु भएको छ ।

केही कांग्रेस कार्यकर्ताले द्विवेदीले महाधिवेशन  प्रतिनिधिका लागि आफ्नो नाम नदिनुको पछाडि क्षेत्रीय अधिवेशनको आन्तरिक समीकरणले पनि भूमिका खेलेको हुन सक्ने बताएका छन् ।

द्विवेदीनिकट मानिएका क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति अरबिन्द गुप्ता यसपटक पनि क्षेत्रीय सभापतिका उम्मेदवार थिए ।उनको विपक्षमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अनिल रुंग्टानिकट अनिल सिंह उम्मेदवार बनेका थिए ।

क्षेत्रीय सभापतिको निर्वाचनमा भने सिंह चुनिए । गुप्ताको नाममा सहमति नभएपछि द्विवेदीले पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी नराखेको हुन सक्ने कतिपय कार्यकर्ताको अनुमान छ ।

यद्यपि, द्विवेदीले भने आफूले अन्य नेताकार्यकर्तालाई अवसर दिनकै लागि महाधिवेशन प्रतिनिधिको दाबी छाडेको स्पष्ट पारेका छन् ।

त्यसैले उनको प्रतिनिधि नबन्ने निर्णयलाई लिएर उठेका अन्य अड्कलबाजीबारे औपचारिकरूपमा कुनै पुष्टि भएको छैन ।

क्षेत्रीय अधिवेशनमा भएको सहमति र त्यसपछि बनेको नयाँ समीकरणले भने पर्सा कांग्रेसभित्रको आन्तरिक राजनीतिक प्रभाव र आगामी महाधिवेशनमा देखिन सक्ने समूहगत समीकरणबारे चर्चा बढाएको छ ।साभार:मधेशसञ्चार

Related posts

मधेस आन्दोलनका सहिदकी आमालाई भेटेर जनमतका उम्मेदवार सर्राफले भने : सहिदका सपना अधुराे रहन दिन्न

MadhesKhabar

लाेसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी बिच कार्यगत एकता गर्ने सहमति

MadhesKhabar

वीरगन्जको कृषि औजार कारखाना पूर्ण सञ्चालन गराउने प्रतिबद्धता–उम्मेदवार सरार्फ

MadhesKhabar

Leave a Comment