काठमाडौं,७मंसिरःजनकपुर–अयोध्या रेल्वे सेवा आजदेखि सञ्चालनमा आएको छ । सोमबार भारतको दिल्लीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’ को उद्घाटन गरेका छन्। भारतले ६०४ किलोमिटर लम्बाई दूरी रहेको यो रेल सेवालाई ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको छ।
जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार सञ्चालन हुने १७ डिब्बाको भारतीय रेल १० वटा स्थानमा रोकिनेछ। अयोध्यादेखि जनकपुरसम्मको यात्रा १६ देखि १९ घण्टाको हुनेछ।
उक्त रेलका व्यावसायिक स्टपेजहरू भारतको बिहार र उत्तर प्रदेशका महत्त्वपूर्ण सहरहरू जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाम निर्धारण गरिएको छ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सीधा रेल सञ्जालले जोड्नु धार्मिक र सांस्कृतिक पर्यटनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। लामो समयदेखि प्रत्यक्ष यातायातको पर्खाइमा रहेका तीर्थयात्रीलाई यो रेल सेवाले ठुलो राहत दिने अपेक्षा गरिएको छ।

