जनकपुरधाम, ६ मंसिर : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाभ कर्णबाट यादवले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
संविधानको धारा १६८ को ३ बमोजि ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
यादवको मुख्यमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए। प्रदेश सभाको पहिलो कार्यकालमा उनी सभामुख रहेका थिए।

