माधुरी महताे
वीरगन्ज,४मंसिर: वीरगन्ज-१२ मुर्लीकाे छठ पुजा व्यवस्थापन समितिले यसवर्ष सम्पन्न छठ पूजाकाे आम्दानी र खर्च विवरण सार्वजनिक गरेकाे छ।
समितिका अध्यक्ष राजु गुप्ताले शुक्रबार सार्वजनिक गरेकाे विवरणअनुसार यसवर्षकाे मुर्ली पाेखरी छठघाटकाे छठ पूजामा खर्च सबै कटाएर समितिले ५ लाख ७५ हजार ४३९ रुपैयाँ बचत गरेकाे छ।
सार्वजनिक विवरण अनुसार, आम्दानी २० लाख ८७ हजार २३९ रुपैयाँ भएकोमा त्यसबाट खर्च १५ लाख ११ हजार ८०० रुपैयाँ भएको जनाइएको छ।आम्दानीबाट छठ घाटकाे सरसफाइ,व्यवस्थापन र सजवाट लगायतमा भएको सबै खर्च कटाएर समितिलाई ५ लाख ७५ हजार ४३९ रुपैयाँ बचत भएको अध्यक्ष गुप्ताले जानकारी दिए।
उनका अनुसार,आम्दानीतर्फ चन्दा संकलनबाट १३ लाख ९२ हजार २३९ रुपैयाँ र चिठ्ठा बिक्रीबाट ६ लाख ९५ हजार रुपैयाँ प्राप्त भएको थियाे।
श्री छठ पूजा व्यवस्थापन समिति, वीरगञ्ज–१२ पर्साले छठ पर्व व्यवस्थापनका लागि भएको आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष राजु गुप्ताले दिएको जानकारी अनुसार छठ पूजा व्यवस्थापनका लागि कुल २० लाख ८७ हजार २३९ रुपैयाँ आम्दानी भएको थियो । जसमध्ये १५ लाख ११ हजार ८०० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर समितिसँग पाँच लाख ७५ हजार ७३९ रुपैयाँ बचत भएको छ ।
समितिले खर्चतर्फ टेन्ट व्यवस्थापनमा ९ लाख ७५ हजार रुपैयाँ, चिठ्ठाकाे पुरस्कारकाे स्कुटी खरिदमा दुई लाख ४३ हजार रुपैयाँ, मूर्तिमा ४५ हजार रुपैयाँ र तानामा ३४ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । यसैगरी, चटाईमा २८ हजार, महाभारतमा १८ हजार, पोखरीबाट पानी निकासमा ११ हजार, भिडियो ग्राफिक्समा २६ हजार र फ्लेक्स प्रिन्टमा ३० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
प्रशंसा पत्र तथा फ्रेममा १५ हजार, लेबर तथा सरसफाइमा २५ हजार, सीसीटीभीमा १५ हजार, स्टेसनरीमा दुई हजार पाँच सय, खादा तथा दोसल्ला (अतिथि सत्कार) मा चार हजार, कीर्तनमा दुई हजार पाँच सय, चाँदीको सिक्कामा सात हजार पाँच सय र विविध खर्चमा ३० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
समितिले सार्वजनिक गरेको विवरणमा हरिहरनाथ मन्दिर समितिबाट पेस्की लिएको एक लाख रुपैयाँ फिर्ता गरिएको पनि उल्लेख छ ।


